चाकडीको हद : भारतले जे भने नि स्वीकार गरी मान

20160625_155211
नेपालीले चाकडी गर्न पायो भने कुन हदसम्म गर्छ भन्ने एउटा राम्रो उदाहरण भर्खरै देखिएको छ। आइतबार भारतीय राजदूत रणजित राय र उपप्रधानमन्त्री टोपबहादुर रायमाझी उपप्रमको गृहजिल्ला अर्घाखाँचीको जनज्योति स्कूलमा पुगेका थिए। उनीहरुले संयुक्त रुपमा त्यो स्कूलको साइन्स ब्लकको भवन उद्घाटन गरे। कार्यक्रममा विद्यार्थीहरुले स्वागत गान गाए। तीन जना किशोरीले गाएको स्वागत गानको केही हरफ यस्ता थिए-
भारत छोडी अन्त नाता कहीँ पनि जोड्न पाउँदैनौ
भारतले जे भने नि स्वीकार गरी मान
भारतले गर्दा हामीले पायौँ यत्रो ज्ञान
योभन्दा ठूलो अरु कहीँ पाउँदैनौँ जान
राजदूत रणजित राय त दङ्ग पर्ने नै भए। उपप्रधानमन्त्री रायमाझी चाहिँ के हेरेर बसे होला। अचम्मै।
यो गीत फेसबुकमा हरिप्रसाद भुसालले राखेपछि केही चर्चा त भयो। तर यत्तिकै सेलायो। राष्ट्रवादी भनिएको सरकारको उपप्रधानमन्त्री सहभागी कार्यक्रममा बजेको गीत सुन्नुस्-
खासमा यस्तो चाकडी गर्नुपर्ने गरी के गरेको रहेछ त भारतीय दूतावासले ? दूतावासका अनुसार दुई तल्ले यो भवन भारत सरकारको आर्थिक सहयोगमा बनेको रहेछ। यसको लागि १९६००००० नेपाली रुपैयाँ दूतावासले दिएको रहेछ। त्यसबाट ८ कक्षा कोठा, केटा र केटीका लागि छुट्टै शौचालय र स्कूल फर्निचर र उपकरण पनि किनिएको रहेछ।
स्कूलले सहयोग लियो भनेर गाली के गर्नु, यो हेर्नुस्
For_Website
जेठ ३ गते अर्थात् तत्कालीन महासचिव मदन भण्डारी र जीवराज आश्रितको एमालेकै भाषामा षडयन्त्रमूलक हत्या भएको दिन। ती दुई नेताको सम्झनामा एउटा टेक्निकल स्कूल खुलेको छ गोठाटारमा। त्यसको होस्टेल बनाउन भारतीय दूतावासले ४ करोड ५६ लाख ६० हजार रुपैयाँ सहयोग गरेको रहेछ। अनि यसको उद्घाटनका लागि बोलाइयो भारतीय राजदूत रणजित राय।
राजदूत राय र मदन आश्रित फाउन्डेसनका अध्यक्ष प्रदीप नेपालले संयुक्त रुपमा यसको उद्घाटन गरेका हुन् जेठ ३ गते।

, , , , , , , , , , ,