-डोनाल्ड ट्रंपले आफ्नो वार्षिक तलब करीब ४ लाख डलर दान दिने
एजेन्सी – अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रंपले यस वर्षको अन्तमा आफ्नो वार्षिक तलब दान दिने भएका छन् । उनको वार्षिक तलब ४ लाख डलर हो । व्हाईट हाउसले यसको लागि मिडियासँग मद्धत मागेको छ ।
न्युज एजेन्सीको अनुसार व्हाइट हाउसको प्रवक्ता सीन स्पाइसरले आफ्नो डेली ब्रीफिंग रिपोर्टमा भने “राष्ट्रपतिको यस वर्षको अन्तमा आफ्नो सेलरी दान गर्ने योजना छ । उनले अमेरिकाको मानिसहरुको लागि यस्तो निर्णय गरेका हुन् ।”
उनले मिडियालाई यस दानलाई लिन उपयोगी व्यक्तिको खोजको लागि मद्धत गर्न पनि आह्वान गरेको छ । यसभन्दा पहिलाको राष्ट्रपति हर्बट हूवर र जोन एफ कैनडीले पनि आफ्नो सेलरी दान दिइसकेका छन् ।
