गौतम बुद्धले ज्ञान प्राप्त गरेको यो विश्व चर्चित रुखको जति बयान इतिहाँसमा अरुको गरिएको छैन..
एजेन्सी । तस्विरमा देखिएको यो वृक्ष इतिहासकै सबैभन्दा बढी बयान गरिएको एउटा रुख हो । विश्वभरमा कुल ७५० प्रकारको नेभाराको रुख पाइन्छन् । तर यो रुख यति भाग्यमानी रुख होकी जसको कुनै अर्को रुखको बारेमा इतिहासमा यसरी बयान गरिएको भेटिएको छैन, जसरी यो वृक्षको चर्चा गरिएको छ।
कारण हो यही रुखको फेदमा बसेर गरेको तपस्याका कारण सिद्धार्थ गौतमले ज्ञान प्राप्त गरेर गौतम बुद्ध बनेका थिए । यो प्रसंग हो करिब २ हजार बर्ष पहिलेको । जतिबेला भारतका तत्कालिन सम्राट अशोकले एक विशेष रुखको एक हांगा काट्ने आदेश दिए जहाँ सिद्धार्थ गौतमले ज्ञान पाएका थिए र उनी बुद्ध बनेका थिए ।
सम्राट अशोकले यसको हागोलाई राजकीय सम्मान दिएका थिए र यसलाई एक सुनको भाडामा राखेका थिए । सम्राट अशोककी छोरीले एक हांगा श्रीलंका लगेकीथिइन, जुन रुख अहिलेसम्म पनि त्यहाा छ भन्ने सुन्नमा आउँछ ।
