-गुराँसको फुल राजधानीमै नफुलेपछि चिन्तामा पर्यटक...
गुराँसको राजधानी भनेर चिनिने पुर्वमै चर्चित पर्यटकीय गन्तव्य तीनजुरे मिल्के जलजलेमा फुल्नुपर्ने गुराँस फुल्न सकेन ।
गुराँस हेरेरै मनोरन्जन लिने आन्तरिक तथा बाह्य पर्यटकहरुको भीड लाग्ने समयमा कम मात्रै गुराँस फुल्दा पर्यटकहरु निराश बन्न थालेको बताइएको छ ।
फागुन अन्तिम साताबाटै फुल्न थाल्ने गुराँस यो वर्ष अहिले सम्म पनि राम्रोसँग फुल्न नसक्दा चिन्ता बढेको बताइएको छ ।यो क्षेत्रमा नेपालमा पाइने ३२ मध्ये २८ प्रजातिका गुराँस फुल्ने गरेको तथ्यांक छ ।
