तपाईँको कत्रो छ? ला…मो समय काम गर्छ? दोहोरो (अश्लील) अर्थ आउने विज्ञापन दिनेलाई देखाइदिने कि यत्रो छ

13441789_1040649759343649_1295320301_o
बुधबार कान्तिपुरमा एउटा विज्ञापन छापियो- तपाईँको कत्रो छ ? गोजीमा मोबाइल जस्तो देखिए पनि यो विज्ञापन खासमा जानाजानी दोहोरो अर्थ आउने खालको बनाइएको थियो। यसैको फेसबुक विज्ञापन त झनै दोहोरो अर्थ दिने खालको थियो। 

त्यसमा कलाकारले सोध्छन्- तपाईँको कत्रो छ ? ला….मो समय काम गर्छ?
त्यतिमात्र होइन, दोहोरो अर्थ दिने क्रममा यसले आफ्नो फेसबुक पेजमा केराको फोटोसमेत राखेर तपाईँको कत्रो छ भनेर सोध्यो
13427897_1831511667083512_656451979471684907_n
खासमा यो कलर्स मोबाइलको Colors Pride P-80 & P-50 स्मार्ट फोनको विज्ञापन रहेछ।
colors
मोबाइलको विज्ञापनलाई जानाजानी द्विअर्थी, अश्लील बनाउन खोजेर यी विज्ञापन बनाउने कम्पनी र बनाउन स्वीकृति दिने कम्पनीले उपभोक्ताको किन अपमान गरेको हो? के साँच्चै उनीहरुले तपाईँको कत्रो हेर्न खोजेकै हो त? तपाईँलाई पनि यो विज्ञापन देखेर दिक्क लागेको छ भने मेरो यत्रो छ भनेर उनीहरुको फेसबुक पेजhttps://www.facebook.com/colorsmobilenepal उनीहरुलाई दिक्क लाग्ने गरी कमेन्ट गरिदिने कि :) आखिर उनीहरुले खोजेकै तपाईँको कत्रो छ भनेर जान्न चाहेको हैन? दिक्कलाग्दो ला…मो ला…मो कमेन्ट गर्दिने कि ?
colors1

, , , , , , , , , , ,