बिचित्र : ६ सय वर्ष पुरानो रुख, जो मानिस जस्तै देखिन्छ,
मान्छे जस्तै रुख तपाईले कहिल्यै देख्नुभएको छ ? यदि छैन भने जानिराख्नुहोस् यो रुख दक्षिण- पूर्व युरोप अवस्थित बुल्गारियाको बाल्कनको पहाडी क्षेत्रमा छ ।
यो अनौठो रुखको उचाई ६५ फुट अग्लो रहेको छ । ६०० वर्ष पुरानो यो रुखलाई हेर्नेहरुको दिनानुदिन ताँती नै लाग्ने गरेको डेलीमेलले उल्लेख गरेको छ ।
मान्छेको जस्तै हात खुट्टा र टाउको समेत भएको जस्तो आर्कति देखिने रुखका विषयमा धेरै खोज र अनुसन्धान भइरहेको र यसको रहस्य अहिलेसम्म कसैले पत्ता लगाउन नसकेको अन्तराष्ट्रिय मिडियाको दाबी छ ।
