-आजको रासिफल – बि.स.२०७३ चैत्र ११ गते । शुक्रबार । ईश्वी सन् २०१७ मार्च २४ तारिख । नेपाल सम्बत् १९३७ ।
बि.स.२०७३ चैत्र ११ गते । शुक्रबार । ईश्वी सन् २०१७ मार्च २४ तारिख । नेपाल सम्बत् १९३७ । सौम्यनाम संवत्सर । उत्तरायण । बसन्त ऋतु । श्रीशाके १९३८ । चैत्र कृष्ण पक्ष । तिथि एकादशि १२ घडी ५९ पला, बिहान ११ बजेर १७ मिनेट उप्रान्त दुवादशि । नक्षत्र श्रवण २१ घडी ०६ पला, दिउँसो २ बजेर ३२ मिनेट उप्रान्त धनिष्ठा । योग शिद्ध ५० घडि ५९ पला । करण बालव, बिहान ११ बजेर १७ मिनेट उप्रान्त कौलव, बेलुका ११ बजेर २४ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा धुम्र योग ।
काठमाडौंमा सूर्योदय ०६ बजेर ०६ मिनेट,सूर्यास्त बेलुका ०६ बजेर १६ मिनेट जादा । दिनमान ३० घडी २७ पला । चन्द्ररासि मकर । पाप मोचन एकादशि व्रत । बिश्व क्षयरोग दिवस ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) निर्णय क्षमतामा बृद्धि भएर जाने तथा कार्यालयमा तपाईको निर्णय क्षमताको उच्च कदर हुनेछ । पढाई लेखाईमा अरुलाई पछि पारि नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । मांगलिक कार्य तथा सभा समारोहमा सहभागि भई आफन्त तथा परिवारका साथ मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । समाजका पक्षमा राम्रा काम गरि नाम कमाउँने समय रहेकोछ । कार्य सम्पादन गर्ने सवालमा समाजका अग्रज तथा बिशिष्ट ब्याक्तिहरु सँग भेटघाट हुनेछ । नयाँ नयाँ काम पाउँने तथा नोकरिमा पदोन्नति हँुने योग रहेको छ ।
शुभ अंक — १,९ शुभ दिशा — पुर्व
शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ लम्बोदराय नम
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) अध्ययन तथा अध्यापनमा रुचि बढ्नेछ भने शिक्षा क्षेत्र सँग सम्बन्धित कामहरुबाट मनग्गे नाफा कमाउन सकिनेछ । प्रशासनिक तथा सरकारि क्षेत्रमा तपाईको बर्चश्व कायम रहने छ । मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृदि भएर जानेछ । पुराना साथिभाई तथा आत्मिय मित्रहरु बाट सहयोग हुनेछ । धर्म,सस्कृति तथा रितिरिवाजमा अलि बडि चासो बढ्नेछ । भाग्यले साथ दिने हुँनाले व्यापार व्यावसायबाट राम्रै आम्दानि गर्न सकिनेछ । प्रगतिशिल तथा तारिफयोग्ग काम गरि घर परिवारमा सबैको मन जित्न सकिनेछ ।
शुभ अंक — २,८ शुभ दिशा — पश्चिम
शुभ रंग — खरानि कार्य सिद्धि मन्त्र — ॐ बासुदेवाय नम
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) शिक्षित तथा बौद्धिक ब्याक्तित्वहरु सँग सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ भने पढाई लेखाईमा भनेजस्तो नतिजा हात लाग्नेछ । परिवार तथा दिदिबहिनिको माध्याम बाट काम बन्नेछ । व्यापार व्यावसायमा लगानि बडाउँदा राम्रो प्रतिफल प्राप्त हुनेछ । आकस्मिक लाभ हुने तथा बाधा अवरोधहरु स्वत हटेर जानेछन् । माया प्रेममा सामिप्यता बढेर जानुका साथै भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको योग रहेको छ । संकट ब्याबस्थापनका लागि चालिएका कदमबाट सार्थक नतिजा आउँने हुँनाले मन प्रशन्न रहनेछन् ।
शुभ अंक — ३,९ शुभ दिशा — पश्चिम
शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ चित्रगुप्ताय नम
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यावसायलाई बिस्तार गर्ने सवालमा रमाईलो तथा उपलब्धिमुलक यात्राको तय हुँनेछ । थोरै समय दिदा पनि आम्दानि बढ्ने हुँनाले अरु क्षेत्रमा लगानि गर्ने वाताबरण सिर्जना गर्न सकिनेछ । आफुले मन पराएको मानिसलाई आफनै मनमुटुमा राखेर माया गर्न पाउँन मन प्रसन्न हुनेछ । पारिवारिक माहोलमा दिन बित्ने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई किनारा लगाई चाहेको गन्तब्यमा पुगि नतिजा हात पार्न सकिनेछ । गित संगित तथा मोडलिङको क्षेत्रमा चासो बढ्नेछ । पारिवारिक माहोल तथा बनभोज जस्ता कार्यक्रममा सहभागि भई साथिभाई सँग रमाउँन सकिनेछ ।
शुभ अंक — ४,८ शुभ दिशा — दक्षिण
शुभ रंग — सेतो कार्य सिद्धि मन्त्र — ॐ जटाधराय नम
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) अदालत तथा न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा फैसला हुँने हुँदा घर परिवार तथा आफन्तमा खुसियालि छाउँनेछ । व्यापार व्यावसायमा लगानि बढाई भनेजस्तो नाफा कमाउँन सकिनेछ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरु सँग कडा टक्कर गर्नुपरेपनि अन्तत नतिजा तपाईकै हातमा पर्ने निश्चित छ । आफुले मन पराएको मानिससँग दिनभरु सँगै बस्न पाउँदा मन प्रशन्न रहनेछ भने घर परिवारमा तथा पति पत्निबिच मायाको डोरो कसिलो भएर जानेछ । माया तथा मावलि पक्षबाट सहयोग प्राप्त हुने तथा मिलेर गरिने कुनै पनि कामहरु फस्टाएर जानेछ ।
शुभ अंक — ५,८ शुभ दिशा — पश्चिम
शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ सर्वबिद्याय नम
कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ भने पति पत्निबिच मायाको डोरो झनै कसिलो हुनेछ । आकस्मिक धनसम्पति लाभ हुने तथा बाधा अवरोधहरु स्वत हटेर जानेछन् । स्थाई सम्पति तथा सवारि साधन प्राप्तिको योग रहेको छ । पढाई लेखाईमा राम्रो प्रगति हुनेछ भने बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ । परिवार तथा सन्तानबाट तपाईले गरेको काममा सहयोग हुनेछ । समस्याका पर्खालहरु ढाल्दै व्यापार व्यावसायमा लगानि बडाउँदा राम्रो प्रतिफल प्राप्त हुनेछ ।
शुभ अंक —३,९ शुभ दिशा — पश्चिम
शुभ रंग — हरियो कार्य सिद्धि मन्त्र — ॐ त्रिलोकेशाय नम
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,त) व्यावसायमा राम्रो प्रगति हँुन गई आर्थिक सम्बृद्धिको बाटोमा लम्कन सकिनेछ । तर्कपुर्ण तथा शाहशिक बोलिको प्रभावले प्रभावशालि ब्याक्तित्वहरुलाई सजिलै बसमा पार्न सकिनेछ । आधुनिक कृषि तथा पशुपालन व्यावसाय अबलम्बन गर्ने किसानहरुले आवस्यक पर्ने औजारहरु राज्यबाट प्राप्त गर्न सक्नेछन् । घर जग्गा तथा सवारि साधनको कारोबारबाट भने जस्तो नाफाँ कमाउँन सकिनेछ । साथिभाई तथा ईष्टमित्रहरुको हरेक पाईलामा सहयोग तथा समर्थन रहनेछ । सेवामुलक समाजिक संघ सस्थामा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । अध्ययन तथा अध्यापनमा प्रतिश्पर्धिहरुलाई पन्छाउदै अगाडि बढ्न सकिनेछ ।
शुभ अंक — ४,७ शुभ दिशा — पुर्व
शुभ रंग — खरानि कार्य सद्धि मन्त्र — ॐ घोररुपाय नम
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) जन सम्पर्क बढ्ने तथा दाजुभाई,छिमेकिबाट काममा भनेजस्तो सहयोग पाईने हुनाले मन प्रशन्न रहनेछ । छोटो,रमाईलो तथा अर्थपुर्ण यात्राको तय गर्न सकिनेछ । मनग्गे रुपैया पैसा कमाईने हुँदा अन्य क्षेत्रमा लगानि गर्ने जोस जागर आउँनेछ । लामो समय देखि अल्झेर बसेका बिवादित बिषयहरु हल भएर जानेछन् भने अदालत तथा न्यायलयबाट हुने न्यायिक निणय हरु तपाईकै पक्षमा हुनेछन् । पढाई लेखाइमा दुई चार कदम अगाडि बढेर प्रतिश्पर्धिहरुलाई हराउँदै नतिजा आफनो पक्षमा पार्न सकिनेछ । आफुभन्दा बिशिष्ट ब्याक्तिको संगत तथा भेटघाटले मन प्रशन्न हुनेछ ।
शुभ अंक — ५,८ शुभ दिशा — पुर्व
शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ गजाननाय नम
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आफन्त तथा शुधचिन्तकहरुको भावना नबुझ्दा तपाईदेखि टाडिन सक्छन् । तयारि बिनानै महत्वपुर्ण बिषयमा दिईने प्रश्तुतिले कार्यक्षेत्र तथा समाजमा कुनै अर्थ नराख्न सक्छ । आलोचना तथा नकारात्मक टिका टिप्पणि गर्नेहरु सक्रिय हुनेछन् । सामाजिक सभा समारोहमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त भए पनि खानपानको तालमेल नमिल्दा स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । माया प्रेममा धोका हुनेछ भने पति पत्निबिच बिश्वासको बाताबरण गुम्ने खतरा रहेको छ । पढाई लेखाईमा खासै ध्यान नजाँदा बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछि परिनेछ ।
शुभ अंक — ६,९ शुभ दिशा — पुर्व
शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ सदाशिवाय नम
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) पारिवारिक माहोलमा दिन बित्नेहुँदा मन प्रशन्न रहनुका साथै परिवारका सदस्यहरु खुसि रहनेछन् । नयाँ नयाँ प्रेम प्रस्ताव आउँने तथा माया प्रेममा आफ्नो मायालुलाई आफ्नै आखाँको वरिपरि देख्न पाउँदा मन खुसि हुनेछ । राजनितिक सभा समारोहमा जमघट भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ भने समाजमा मान सम्मान तथा ईज्जत प्रतिष्ठा बडेर जानेछ । अध्ययन तथा अनुशन्धानको क्षेत्रमा ठुलो प्रगति गर्न सकिनेछ भने सबैतिरबाट तपाईको काममा सहयोगको हुनेछ । आफ्नो सिर्जना अरुले मन पराई दिनाले मन प्रशन्न रहनेछ । व्यापार व्यावसायमा लगानि बढाई प्रशस्त आम्दानि बढाउँन सकिनेछ ।
शुभ अंक — २,७ शुभ दिशा — दक्षिण
शुभ रंग — खरानि कार्य सिद्धि मन्त्र — ॐ शशिशेखराय नम
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) बिदेशबाट आयात हुने सामानको व्यापार व्यावसाय बाट प्रशस्त नाफा कमाउन सकिनेछ । बैदेशिक यात्रा तथा यात्रासँग सम्बन्धित कामहरु हुनेछन् । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउने हुँदा खानपानमा बिशेष ध्यान दिनुहोला । पढाई लेखाईमा राम्रो नतिजा ल्याउँन अलि बढि समय खर्चनु पर्नेछ । काम गर्दा ख्याल गर्नुहोला मान सम्मान तथा प्रतिष्ठामा दाग लाग्न सक्छ । सुधारात्मक कार्यमा खर्च बड्नेछ । अनाबस्यक ठाउमा बल तथा बुद्धि प्रयोग हुनेछ भने सुरक्षा चुनौति बढेर जानेछ । मायामा खटपट हुँने हुँनाले माया प्रेम गर्ने जोडिहरु आजको दिन नभेट्दा नै राम्रो रहेको छ ।
शुभ अंक —२,५ शुभ दिशा — दक्षिण
शुभ रंग — खैरो कार्य सिद्धि मन्त्र — ॐ शितिकण्ठाय नम
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आम्दानिका स्रोतहरु फराकिला हुनेछन् भने व्यापार व्यावसायबाट प्रशस्त लाभ लिन सकिनेछ । प्राकृतिक स्रोत साधन जस्तै खनिज पदार्थ,धातु तथा पानि सँग सम्बन्धित बस्तुहरुको कारोबारबाट प्रसस्त फाईदा हुनेछ । साथिभाईको सल्लाहमा समाजमा प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । बिद्यामा अरुलाई पछि पारेर अगाडि बड्ने समय रहेको छ । माया प्रेमको बन्धन कसिलो हुनको साथै दाम्पत्य जिबन सुखि रहनेछ । ईच्छित चाहानाहरु पुरा हुनेछन् भने सवारि साधन प्राप्तिको योग रहेको छ । स्वास्थ्य सम्बन्धि साना तिना समस्याले भने सताईरहनेछ ।
शुभ अंक —६,९ शुभ दिशा — दक्षिण
शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ बासुदेवाय नम
रासिफलमा जे जस्तो भए पनि ब्यस्त रहनुहोस् ,मस्त रहनुहोस् , स्वस्थ रहनुहोस् धन्यबाद ।
ज्योतिषी दुर्गा प्रसाद भण्डारी
नवयूग ज्योतिष परामर्श सेवा केन्द्र
चाबहिल, काठमाडौं
फोन न. ९८५११७८४५९
.
