-प्रमोद खरेलको लाइदेउन मायाले शुक्रबार रिलिज हुँदै..नायिका प्रियंका कार्कीसँग प्रमोद खरेल खुब मस्ती गर्दै .. भिडियो हेर्नुहोस्..

काठमाडौँ । ‘झुम्कावाली’ र ‘चल बतास चल’को अपार सफलतापछि गायक प्रमोद खरेलले ‘लाइदेउन मायाले’ बोलको गीतको भिडियो लिएर आउँदैछन् । ९ महिनाको अन्तरमा नयाँ भिडियो लिएर आउन लागेका प्रमोदले यस पटक पनि नायिका प्रियंका कार्कीसँग काम गरेका छन् ।


प्रमोद आँफैले अभिनय गरेको भिडियोमा डिआइडीका प्रतियोगी सुनिल क्षतीले कोरियोग्राफी गरेका छन् । गायक प्रमोदलाई भिन्न रुपमा देख्न सकिने भिडियो डान्स नम्बर भएको र यो गीत उनका अघिल्ला गीतहरु भन्दा केही खर्चिलो भएको प्रमोद बताउँछन् ।

यही शुक्रबार एक कार्यक्रमका बिच सार्वजनिक गर्न लागिएको भिडियोलाई रंग पत्रकार शुब्रत आचार्यले निर्देशन गरेका हुन् भने गीत डिपी खनालका शब्द शृजना र राजनराज शिवाकोटीको संगीतमा तयार भएको हो । जसको संगीत संयोजन शाह शाक्यले गरेका हुन् । भिडियोलाई दिक्षा क्रियशनले बजारमा ल्याउन लागेको हो ।