-चीनका रक्षामन्त्री फर्किए लगत्तै भारतीय सेना प्रमुख नेपाल आउँदै, चीनको योजना असफल पार्ने भारतको रणनीति,

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चिनको सप्ताहव्यापी भ्रमण सकेर भोली फर्कने कार्यक्रम रहेको छ ।


उनी फर्कने कार्यक्रम भय लगत्तै  भारतीय सेनाका प्रमुख विपिन रावत नेपाल आउने बताइएको छ । यहि समय पारेर रावत नेपाल आउने भएप्छि यस विषयलाई विभिन्न कोणबाट विश्लेषण गरिएको छ । भारतिय मिडिया पनि यहि विषयले तातिरहेको छ ।

भारतीय मिडियाले चीनको कदम असफल पार्नलाई भारतका सेनापति नेपाल जान लागेको भन्दै खवर प्रकाशन गरेका छन् । खबरमा पैसाको बलले भारतका छिमेकी किन्ने प्रयासमा चीन लागेको आरोप भारतिय मिडियाले लगाएको छ ।

चीन र नेपालका सेनाको संभावीत संयुक्त सैन्य अभ्यासलाई लिएर भारतमा चिन्ता रहेको र सेनापतिको भ्रमणले त्यो अभ्यास रोकिन सक्ने खवरमा उल्लेख गरिएको छ ।