ट्राकिक’ प्रहरीको फोटो भाइरल भएकोमा ट्राफिक प्रहरी दुःखी, भन्यो – हात रक्ताम्मे भएकोले क्षणिक आवेगमा हो
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरी यसो भन्छ-
आदरणीय आमा बुबा, दाजुभाइ तथा दिदि बहिनीहरु,
जय नेपाल/ नमस्कार
मिति २०७३।०३।०३ गते विराटनगरमा ट्राफिक प्रहरी र रिक्सा चालक बिच भएको घटनाको सम्बन्धमा सामाजिक संजालमा तस्विर राखि सिंगो नेपाल प्रहरी संगठनलाई नै आम नागरिकहरुले हेर्ने दृष्ट्रिकोणमा नकारात्मक प्रभाव पार्ने गरी ज्यादै निम्न स्तरका शब्दहरुको प्रयोग गरी Comment, share र Like गरे प्रति यस कार्यालयको गम्भिर ध्यानाकर्षण भएको छ। नेपाल प्रहरी संगठनले मुस्कान सहितको प्रहरी सेवा दिने नीति अनुरुप सम्पूर्ण प्रहरी कर्मचारीहरुको आचरण, नागरिकसंग गर्ने व्यवहार र मानव अधिकारको संरक्षणका विषयमा समय समयमा अनुशिक्षण प्रदान गर्दै आएको छ।

छानबिन भइसक्यो
यस विपरित कार्य गर्ने जो कोही प्रहरी कर्मचारी कारवाही हुनबाट मुक्ति पाउने छैन । र उक्त घटनामा संलग्न ट्राफिक प्रहरी जवान माथि पनि कारवाही प्रकृया अन्तर्गत छानविन सुरु भई सकेको अवस्था छ । तर घटनाको भित्रै सम्म नपुगी वास्तविक यथार्थता नबुझी तस्विर मात्र राखेर प्रहरीले गरेका ९९ प्रतिशत राम्रो कामलाई ओझेलमा पारी १ जना व्यक्तिले गरेको छुटपुट घटनालाई हाईलाईट गरी सम्पूर्ण प्रहरी कर्मचारीको मनोबल गिर्ने खालको गतिविधी सामाजिक संजाल मार्फत आएकोमा हामि समग्र ट्राफिक प्रहरी दुखित भएका छौ।

हिजो भएको घटनाको यथार्थ-
विराटनगरको जलजला चोक देखि उत्तर पट्टिको सडकको बाँया किनारामा एक तर्फि पार्किङ्गमा उक्त रिक्सा आएर दोहोरो पार्किङ्ग गरी सडक अवरोध गरेको अवस्थामा उक्त स्थानमा खटिएको ट्राफिक प्रहरीले रिक्सा हटाउन अनुरोध गर्दा रिक्सा नहटाई बसिरहेको अवस्थामा रिक्सालाई जरिवाना गर्ने परिपाटी नभएको र सचेत गराउन चक्काको हावा खोल्न खोज्दा रिक्सा चालकले गाली गलौज गर्दै एक्कासी रिक्सा अगाडी बढाउदा रिक्साको चक्कामा रहेको ट्राफिक प्रहरीको हात चोट लागी रक्ताम्मे हुँदाको अवस्थामा निज क्षणिक आवेगमा आई उक्त घटना घटाएको पाईएको छ।

यस्ता खालको घटना हुनु दुःखद कुरा हो । यस्ता घटनाहरुलाई कुनै पनि अवस्थामा प्रश्रय नदिने हुँदा निजलाई कारवाही हुने व्यहोरा सबैमा यो सामाजिक संजाल मार्फत जानकारी गराइन्छ । नागरिकको सहयोग, सहकार्य र सुचनाबाटै प्रहरी अपराध अनुसन्धान र शान्ति सुरक्षाको कार्यमा सफल हुने हुँदा नागरिकको सहयोग बिना प्रहरीले एकल प्रयास गर्छु भन्नु दिवा सपना हो भन्ने कुरालाई नकार्न सकिदैन तसर्थ आगामी दिनहरुमा यहाँहरुको सहयोग, सहकार्य, सल्लाह र सुझाबको सदैव अपेक्षा गर्दछौ । धन्यवाद, जय नेपाल ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरी ।